पोखरा-पोखरा महानगरपालिका-२२ स्थित विश्व शान्ति स्तूपनजिकै बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। बुधबार दिउँसो ग १ ख ३८८६ नम्बरको नगरबस दुर्घटना भएको हो।
बसमा २६ जना सवार रहेको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदैछ। बस दुर्घटनाको कारण भने खुलेको छैन।
प्रतिक्रिया