अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन: गृहमन्त्री लेखक

कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन: गृहमन्त्री लेखक


राजविराज-गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पार्नुभएको छ।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भन्नुभयो। 

गृहमन्त्री लेखकले भन्नुभयो, 'देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ। वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ। शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ।'

गृहमन्त्री लेखकले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिनुभयो।