अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा ९८ प्रतिशत पालिका र ९० प्रतिशत वडाको अधिवेशन सकियो : महासचिव पोखरेल

काठमाडौं- नेकपा एमालेले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका,९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीका अधिवेशन सकिएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ ।
महासचिव पोखरेलले निर्वाचन सबै प्रदेश कमिटीसँगको बैठकपछि आज पार्टी निर्वाचन आयोगको बैठकको रिर्पोटिङको आधारमा सो कुरा उल्लेख गर्नुभएको हो । सामाजिक सञ्जालमा निर्धारित समयमा नै अधिवेशनहरु सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई पोखरेलले धन्यवाद ज्ञापान गर्नुभएको छ । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार पालिका तर्फ बढीमा १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ । ति अधिवेशनहरु विभिन्न कारणले रोकिएका छन् । पार्टीको आन्तरिकक व्यवस्थापनपछि तत्काल तिनीहरुको अधिवेशन सक्ने सुब्बाले जानकारी दिनुभयो । यसैगरी करिब ६ हजार वडाका अधिेशनहरु सकिएका छन् । बाँकी रहेकाहरुको पनि विधान महाधिवेशन भन्दा पहिला नै सक्ने गरी काम अघि बढाएको छ ।

महासचिव पोखरेलले निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश,जिल्ला र जनसंगठनका अधिवेशनहरु सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिनुभएको छ । पार्टीका २३ वटा जनसंगठन मध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ ।