काठमाडौँ-सरकार र देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ। गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबीच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो।
समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो।
व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका छन्।
प्रतिक्रिया