अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली आज अन्नपूर्ण आधार शिविर जाँनुहुँदै

प्रधानमन्त्री ओली आज अन्नपूर्ण आधार शिविर जाँनुहुँदै


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाँदै हुनुहुन्छ ।

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा हुन लागेको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली आज बिहान ९ बजे हेलीकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। 

आधार शिविरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औँ वार्षिकोत्सव तथा शालिक अनवरण गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्ताभाल र उर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा आधार शिविर जाने कार्यक्रम छ। 

समुन्द्र सतहदेखि चार हजार एक सय ९० मिटरको उचाईमा रहेको आधार शिविरमा प्रधानमन्त्री ओलीलाई गाउँपालिका अध्यक्ष भारतकुमार पुन, पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङ, माथिएस हर्जोग र टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गर्ने कार्यक्रम छ।