अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरूलाई महेश बर्तौलाको आग्रह

गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरूलाई महेश बर्तौलाको आग्रह


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संसदमा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको हो।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो आग्रह गर्नुभएको हो। उहाँले कुनैपनि व्यक्तिमाथि प्रश्न उठिसकेपछि जवाफ दिन पाउनुपर्ने उल्लेख गर्दै गृहमन्त्रीको राजीनामा दोस्रो चरणको विषय भएको बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘माननीय गृहमन्त्रीका बारेमा उहाँहरूले (प्रतिपक्षी दलहरु) प्रश्न उठाउनुभयो । राजीनामा पनि माग्नुभयो । छानबिन समिति लगायतको विषय पनि उठाइरहनुभएको छ। यी सबै कुरा दोस्रो भयो । सदनमा उभिएर जवाफ दिन पाउने उहाँको स्वाभाविक अधिकार हो । त्यो हक पनि हो । यो संसदीय अभ्यास पनि हो । हाम्रो प्रचलन पनि हो । हामीले प्रतिपक्षीलाई गृहमन्त्रीलाई संसदमा जवाफ दिने वातावरण बनाउन निरन्तर आग्रह पनि गरेका छौँ।’

उहाँ मन्त्रीमाथि प्रश्न उठेपछि संसदमा जवाफ दिन नदिएर गलत नजिर बसाउन नहुने बताउनु भयो।