काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम विगो १८ करोड ५८ लाख ५० हजार रुपैयाँ कायम भएको छ। सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजाय माग गरेको छ।
पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अभियोगपत्र दायर भएको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार नेपालको सांसद पद निलम्बन गरेको हो। उक्त ऐनको दफा ३३ मा यससम्बन्धी व्यवस्था छ। दफा ३३ मा कुनै राष्ट्रसेवकविरूद्ध मुद्दा दर्ता भएमा र सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने प्रबन्ध छ।
नेपाल रौतहट–१ बाट निर्वाचित सांसद हुन्।
प्रतिक्रिया