काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिप्लोमा इन्जिनियरिङ काउन्सिल छिटै गठन हुने बताउनु भएको छ। डिप्लोमा इन्जिनियर्स एशोसिएसनको ४५औं वार्षिकोत्सव एवम् विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यशालामा उहाँले काउन्सिल गठनको प्रक्रिया समेत सुरु भई सकेको बताउनुभयो।

कार्यक्रममा मन्त्री दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबै पक्ष लाग्नु पर्ने बताउनुभयो। प्लास्टिकको प्रयोग मानव स्वास्थ्य, प्राणी र पर्यावरणका लागि हानिकारक रहेको उल्लेख गर्दै उहाँले विकल्पहरूको विकास गरी यसको प्रयोगलाई निरुत्साहित गर्नु पनि उल्लेख गर्नुभयो। सबै स्थानीय तह, प्रदेश एवम् सङ्घीय सरकारले नागरिकको सहभागितामा वातावरण संरक्षणका कार्यक्रम अघि सार्नु पर्नेमा उहाँको जोड थियो। जलवायु परिवर्तन, प्लास्टिक तथा विश्व वातावरणको विषयमा कार्यशालाको आयोजना गरिएको थियो।

कार्यक्रममा इन्जिनियरीङ् क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो। सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य एवम् एशोसिएसनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो।
प्रतिक्रिया