काठमाडौं-स्थायी रूपमै देश छाड्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ। मुलुकमा बढ्दो बेरोजगारी जस्ता कारणले वाक्क दिक्क भएर नेपालीहरूले सधैँका लागि देश छाड्ने क्रम बढ्दो रूपमा देखिएको हो। पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्याङ्क हेर्ने हो भने १ लाख ३७ हजार नेपाली स्थानीय रूपमै देश छाडेर विदेशमा बसाइँ सरेका छन्।
अध्यागमन कार्यालयकार अनुसार देश नै छाडेर विदेश बसाईंसराईं गर्नेहरूमा महिला भन्दा पुरुषको सङ्ख्या धेरै देखिन्छ। दुई वर्षको अवधिमा मात्रै ७१ हजार २०७ जना नेपाली पुरुष स्थायी रूपमै बसाइँ सरेर नेपालबाट अनुमति लिएरै विदेश गएका छन्। त्यस्तै त्यसरी बसाइँ सरेर विदेश जाने महिलाको सङ्ख्या ६६ हजार ५३८ रहेको छ। स्थायी रूपमै देश छाड्ने नेपालीको सङ्ख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
सन् २०२३ मा मात्रै स्थायी रूपमै विदेशमा बसाइँ सरेर ७० हजार ९१५ नेपाली गएका छन् भने सन् २०२४ मा ६६ हजार ८३५ नेपाली सधैँ उतै बस्ने गरी गएका तथ्याङ्कमा उल्लेख छ। यसले ठूलो सङ्ख्यामा नेपाली देश नै छाडेर विदेशमा बसाइँ सरिरहेको देखाएको छ।
पछिल्लो समयमा नेपालमा लगानीको वातावरण नभएको भनेर अड्कलबाजी भइरहेको बेला कतै हजारौँ नेपालीमार्फत स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशङ्का विभागको तथ्याङ्कले देखाएको छ।
स्थायी मात्रै नभई अस्थायी रूपमा उतै बस्नका लागि ठूलो सङ्ख्यामा नेपालीहरू विदेश गइरहेको सरकारी तथ्याङ्कले देखाउँछ। सन् २०२३ मा ९२ हजार ३४९ जना नेपाली अस्थायी रूपमा विदेशमा बस्ने गरी नेपालबाट अनुमति लिएर गएका छन् भने सन् २०२४ मा मात्रै ६६ हजार ८३५ नेपाली अस्थायी रूपमा विदेशमा बस्नका लागि एयरपोर्ट प्रयोग गरेर नेपाल छाडेको अध्यागमन कार्यालयको तथ्याङ्कले देखाउँछ।
पछिल्लो यो दुई वर्षमा रोजगारीको खोजीमा ठुलो सङ्ख्यामा विदेश गएको पनि तथ्याङ्कले देखाएको छ। सन् २०२३ र २०२४ मा मात्रै नेपालमा काम नपाएर रोजीरोटीका लागि १६ लाख ६४ हजार ८३७ नेपाली विदेश गएका छन्। अध्यागमन कार्यालयका अनुसार सन् २०२३ को तुलनामा २०२४ मा रोजगारीका लागि विभिन्न मुलुक जानेहरूको सङ्ख्या पनि वृद्धि भएको देखिन्छ।
सन् २०२३ मा कामको खोजीका लागि विदेश जाने नेपालीको संख्या ८ लाख ८ हजार ४ सय १५ रहेकोमा सन् २०२४ मा ८ लाख ५६ हजार ४२२ रहेको छ।
पछिल्लो दुई वर्षको अवधिमा अध्ययानका लागि ठूलो संख्यामा विद्यार्थी बाहिर गएको तथ्यांकले देखाएको छ। सन् २०२३ र २०२४ मा मात्रै नेपालमा मात्रै विद्यार्थी भिसामा २ लाख २७ हजार ९५१ जना विदेश गएका छन्। सन् २०२३ को तुलनामा २०२४ मा पढ्नका लागि विदेश जानेहरुको संख्या बढेको देखिन्छ।
सन् २०२३ मा कामको खोजीका लागि विदेश जाने नेपालीको संख्या ८ लाख ८ हजार ४ सय १५ रहेकोमा सन् २०२४ मा ८ लाख ५६ हजार ४ सय २२ रहेको छ।
पछिल्लो दुई वर्षको अवधिमा अध्ययानका लागि ठूलो संख्यामा विद्यार्थी बाहिर गएको तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा मात्रै विद्यार्थी भिसामा २ लाख २७ हजार ९५१ जना विदेश गएका छन्। सन् २०२३ को तुलनामा २०२४ मा पढ्नका लागि विदेश जानेहरुको संख्या बढेको देखिन्छ।
सन् २०२३ मा १ लाख ८ हजार ५ सय ४२ जना पढ्नका लागि विदेश गएकोमा अर्को वर्ष २०२४ मा मात्रै १ लाख १९ हजार ५ सय ९ जना अध्ययनका लागि देशै छाडेर विद्यार्थी विभिन्न मुलुकमा गएको तथ्यांकले देखाएको छ।
यस्तै पछिल्लो समय भिजिट भिसामा विदेश जाने नेपालीको संख्या पनि बढेको देखिन्छ। अध्यागमन विभागले उपलव्ध गराएको तथ्यांकअनुसार पछिल्लो ४ लाख ७८ हजार ८४६ नेपाली विदेशमा गएका छन्। सन् २०२३ को तुलनामा २०२४ मा घुमफिरका लागि भन्दै धेरै नेपाली विदेश गएको तथ्यांकले देखाएको छ । सन् २०२३ मा २ लाख ४ हजार ५ सय १८ नेपाली घुमफिरका लागि विदेश गएकोमा सन् २०२४ मा मात्रै २ लाख ७४ हजार ५१८ नेपाली विभिन्न मुलुकमा घुमफिरका लागि भन्दै भिजिट भिषामा गएका छन्।
प्रतिक्रिया