काठमाडौँ-गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई शुक्रबार प्रतिवेदन पेस गरेको छ।
प्रादेशिक संरचना पुनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले ३२४ पृष्ठको प्रतिवेदन शुक्रबार मन्त्री र सचिवहरूको उपस्थितिमा मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
समितिका संयोजक पौडेलले कुनै पनि दबाब, प्रभाव, आग्रह पूर्वाग्रहबिना प्रदेश सरकारको १७४ वटा संगठन संरचनाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयाे।
‘यो प्रतिवेदनले प्रदेश सरकारले चाहेजस्तो आफ्ना संरचनालाई चुस्त राख्न र कामकारबाहीलाई प्रभावकारी बनाउन मद्दत पुग्नेछ भन्ने मैले ठानेको छु,’ उहाँले भन्नुभयाे ।
प्रतिवेदन बुझेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले अध्ययन गरेर लागु गर्ने बताउनुभयाे। ‘यो देखाउन वा त्यसै राख्न बनाइएको होइन, प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयन गर्न औँल्याइएका विषय लागु हुन्छ, अन्य विषय क्रमशः सरकारले लागु गर्दै जानेछ,’ उहाँले भन्नुभयाे।
प्रतिक्रिया