अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री कार्की र चीनका राजदूत चेन सोङ्गबीच भेटवार्ता

मुख्यमन्त्री कार्की र चीनका राजदूत चेन सोङ्गबीच भेटवार्ता


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोङ्गबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबीच भेटघाट भएको हो।

भेटघाटको अवसरमा दुई पक्ष हितका विषयमा कुराकानी भएको थियो। सो भेटघाटमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको काम का विषयमा प्रकाश पार्नुभएको थियो। कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्नका लागि पनि राजदूत सोंगलाई मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो। उहाँले किमाथांका-जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

सो अवसरमा चीनका राजदूत चेन सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताउनुभयो ।

उहाँले कोशी प्रदेशको कृषि उत्पादन बजारीकरण का विषयमा चासो राख्नुभएको थियो। राजदूत सोंगले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकिरहेको विषयमा पनि चासो राख्नुभएको थियो। चीनतर्फको भागमा अहिले निर्माण कार्य सम्पन्न भइसकेको छ।

नेपालतर्फको निर्माणमा ध्यान दिनुपर्ने कुरामा उहाँको जोड थियो। राजदूत चोग केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा हुनुहुन्छ। उहाँले इलाम लगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारले गरेको सहयोगका कार्यक्रम हरू निरीक्षण गर्नुभएको थियो।