काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई आफूहरूले छलफल र विश्लेषणसहित पार्टीको महासचिव बनाएको बताउनु भएकाे छ।
शनिबार मदन जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएकाे हाे ।
‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो। मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो,’ प्रधानमन्त्री ओलीले भन्रनुभयाे, ‘किनभने मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन। जननेता मदन भण्डारीलाई चौथो महाधिवेशनले महासचिव हामीले नै बनाएका थियौं। उहाँलाई महासचिव बनाउनु ऐतिहासिक महत्वको घटना थियो। नेतृत्वअनुसार आन्दोलन अघि बढ्ने नबढ्ने कुरा भर पर्छ। हामीले छैटौँ महाधिवेशनमा पारित गरेको कुरा मदन भण्डारीलाई महासचिव नबनाएको भए ती उपलब्धि हुन सक्दैनथे।’
प्रतिक्रिया