काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभएकाे छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताउनु भएकाे हाे।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाउनुपर्ने आवश्यकता रहेकाे बताउनु भएकाे छ। उहाँले रोपाइँ संस्कृतिलाई नेपालको मौलिक परम्परा र उत्पादनसँग जोडिएको पर्वको रूपमा व्याख्या गर्नुभयाे।
प्रधानमन्त्री ओलीले सामाजिकमा भन्रनुभएकाे छ, ‘आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस। माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना- यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ।’

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकासका लागि अब आधुनिक बाटोमा जानुको विकल्प नभएको बताउनु भयाे। प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ। कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना।’
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासका निम्ति वित्त फाइनान्सिङ फर डेभलपमेन्ट चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा स्पेन जानु भएकाे छ।
प्रतिक्रिया