अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई रामकुमारीले ‘मरेको सिनो’ भनेपछि नेकपा एसमा बबाल

माधव नेपाललाई रामकुमारीले ‘मरेको सिनो’ भनेपछि नेकपा एसमा बबाल


काठमाडौं- नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले शनिवार लुम्बिनीमा अध्यक्ष माधव नेपालविरुद्ध दिएको अभिव्यक्तिले पार्टीभित्र हलचल मच्चिएको छ।

झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ अभिव्यक्ति दिनुभएको छ। उहाँले हिजो गरेको सो भाषणले नेकपा एसभित्र हलहल मच्चिएको छ।

एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै शनिबार तिलोत्तमामा सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपाल संकटमा परेकाले पार्टी पुनगर्ठन गर्न माग गरेकी हुन्। सको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

‘तपाईंहरू सलाई थाहा छ, पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो’, झाँक्रीले भन्नुभएको छ , ‘संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने? अर्ली महाधिवेशन गरौं। अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ।’