अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिकमन्त्री दाहाल र टर्कीका समकक्षीबीच भेटवार्ता

भौतिकमन्त्री दाहाल र टर्कीका समकक्षीबीच भेटवार्ता


काठमाडौं-टर्की भ्रमणमा रहनु भएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा त्यहाका समकक्षी बिच भेटवार्ता भएको छ।

टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ लाई सम्बोधनका लागि पुग्नु भएका मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री अव्दुल कदीर उरालोग्लु बिच कुराकानी भएको हो । उहाँहरु बिच दुईपक्षिय हितका बारेमा साईडलाईन वार्ता भएको जनाइएको छ।

उक्त समारोहलाई सम्बोधनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरुको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिनु भएको थियो ।

नेपालले बहुआयामिक तथा बहुदिशात्मक कनेक्टिविटी नीति अंगिकार गरेको उल्लेख गर्दै उहाले निर्माणाधीन करीडोरहरुले विशाल भूगोल र जनसंख्या भएका दुई छिमेकी मुलुकहरुलाई जोड्ने उल्लखे समेत गर्नु भयो।