काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितका सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।
मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्छ।
गए राति रसुवामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीमा परेका ९ जनाभन्दा बढीको उद्धार गरिएको छ भने अझै करिब १८ जना बेपत्ता छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको छ।
यो बैठक पनि सोही विषयमा केन्द्रित हुने जनाइएको छ। प्रधानमन्त्रीले यस विषयमा विशेष छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बालुवाटार डाक्नुभएको थियो।
त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको जनाएकाे छ। सोही स्थानबाट नेपाली सेनाले दुई जनालाई सकुशल उद्धार गरेको थियो।
गजुरी गाउँपालिका-६ बेल्खुमा र गल्छी गाउँपालिका-२ केउरेनीमा शव भेटिएका हुन्। दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जनाएकाे छ।







प्रतिक्रिया