अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असार २८ र २९ गते प्रधानमन्त्री ओली झापा र इलामका यी आठ कार्यक्रममा सहभागी हुनुहुने

असार २८ र २९ गते प्रधानमन्त्री ओली झापा र इलामका यी आठ कार्यक्रममा सहभागी हुनुहुने



झापा- प्रधानमन्त्री केपी शर्मा ओली आगामी २८ र २९ गते झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
नेकपा एमाले झापाले जनाए अनुसार असार २८ गते साढे ११ बजे बुद्धशान्ती गाउँपालिका स्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्नुहुनेछ । सोही दिन १ बजे इलामको माइ नगरपालिकामा नगर अस्पताल उद्घाटन,सुकुम्बासीलाई धनीपुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले सोही दिन कनकाई नगरपालिकाको उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रममा सुकुम्बासलाई जग्गा धनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको पार्टीका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो । सो दिन प्रधानमन्त्री ओली झापामै बस्नुहुनेछ ।
असार २९ गते प्रधानमन्त्री ओलीले दमक स्थित पूर्वपश्चिम राजमार्गको कृष्णमन्दिर खण्डबाट उत्तर मदनडाँगी ताराबारी डिपो सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिनुभयो । सोही दिन साढे ११ बजे हुलाकी सकडको रतुवा खोलामा रहेको पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही दिन दिउसो २ बजे प्रधानमन्त्री ओलीले विर्तामोडको सिटी सेन्टरमा आयोजना हुने नेकपा एमालेका कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।