अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेको आज शपथ

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेको आज शपथ


काठमाडौं-नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको पद तथा गोपनीयताको शपथ आज हुँदैछ।

राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो ३ बजे शपथ तय भएको जनाएको छ।

यस अघिका मन्त्री राजकुमार गुप्ताले राजिनाम दिनुभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए।

शपथसँगै आजै कार्यभार सम्हाल्ने मन्त्री न्यौपानेको तयारी छ।