काठमाडौं – विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो १ बजे केन्द्रीय कार्यलय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरुमा व्यापक छलफल र निर्णयहरु हुनेछन् । खासगरी विधान संसोधनको प्रस्तावका खाकाहरु आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रष्तुत गर्नुहुनेछ । पौडेललाई यस अघि नै विधान संसोधन समितीको संयोजक तोकिएको थियो । आजको बैठकमा अध्यक्ष ओलीले प्रष्तुत गर्ने राजनीतिक प्रतिवेदन,महासचिवल शंकर पोखरेलले प्रष्तुत गर्ने साँगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिनुभयो ।
आजको बैठकले भोली साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसुची पनि तय गर्ने छ ।
यसैगरी सरकारको एक वर्षे कार्यकालको समिक्षा पनि आजको बैठकको कार्यसुची रहेको गौतमले जानकारी दिनुभयो ।






प्रतिक्रिया