अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण

नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी-व्यवसायीबाट नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो। मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाउनुभयो। उहाँले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि चासो दिन आग्रह गर्नुभयो ।