काठमाडौं-जेनजी प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका छन्। मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन्।
प्रदर्शनकारीहरूले सिंहदरबारको गेट तोडफोड गर्दै सिंहदरबार प्रवेश गरेका हुन्। उनीहरू पश्चिम गेटबाट छिरेका हुन्।
प्रदर्शनकारीहरू राजनीतिक दलका शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।







प्रतिक्रिया