अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगजनी र तोडफोडमा संलग्न रहेको पाइएपछि रास्वपा सभापति र इन्चार्जद्वारा राजीनामा

आगजनी र तोडफोडमा संलग्न रहेको पाइएपछि रास्वपा सभापति र इन्चार्जद्वारा राजीनामा


काभ्रेपलाञ्चोक-‘जेन-जी’ आन्दोलनका नाममा पनौती नगरपालिकाभित्र निजी तथा सरकारी सम्पत्तिमा भएको आगजनी र तोडफोडमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपाका नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी परित्याग गरेका छन्।

२०८२ भदौ २४ गते पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, कांग्रेस नेता शिव हुमागाईँ र व्यवसायी क्याप्टेन रामेश्वर थापालगायतका घरमा आगजनी गरिएको थियो। ती घटनाको नेतृत्व नगर सभापति भट्टराई र वडा इन्चार्ज तिमल्सिनाले गरेको प्रमाण फोटो तथा भिडिओमार्फत बाहिरिएपछि उनीहरूले जिम्मेवारी स्विकार्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।

भट्टराई काठमाडौँ विश्वविद्यालय अन्तर्गतको कुप्स विद्यालयमा स्थायी शिक्षकका रूपमा कार्यरत रहेको विद्यालयले पनि पुष्टि गरेको छ। त्यस्तै, पनौती–२ कुशादेवीका इन्चार्ज सुदर्शन तिमल्सिनाले समेत आन्दोलनका क्रममा कमजोरी भएको स्वीकार गरेका छन्