काठमाडौं – महान्यायाधिवक्तमा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त हुनुभएको छ ।
आइतबार भण्डारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
राष्ट्रपति पौडेलले भण्डारीलाई प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा नेपालको संविधानको १५७ धारा को उपधारा २ बमोजिम नियुक्त गरेको हुन् ।







प्रतिक्रिया