अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्ली विष्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

दिल्ली विष्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त


काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीमा भएको विस्फोटबाट स्तब्ध र दुःखी भएको बताउनु भएको छ ।

प्रधानमन्त्री कार्कीले विस्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको हाे ।

सोमबार बेलुकी नयाँ दिल्लीको लालकिला नजिकको मेट्रो रेल स्टेसनमा एक कारमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको भारतीय मिडियाहरूले जनाएका छन् ।

प्रधानमन्त्री कार्कीले यस दुःखको घडीमा नेपाल भारतको साथमा रहेको पनि बताउनु भएकाे हाे ।