रुपन्देही-लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा (एमाले)की रेवती गुरूङ नियुक्त हुनुभएको छ। गत भदौमा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको मृत्यु भएपछि रिक्त रहेको स्थानमा गुरुङलाई नियुक्त गरिएको हो।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले गुरुङलाई शपथ गराउनुभएको हो।
निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो। गुरुङ यसअघि प्रदेश कमिटीमा हुनुहुन्थ्यो।


प्रतिक्रिया