काठमाडौं – वैशाख ३ गते बिहीबार बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.८३ अंकले घटेर बजार २८ सय ३ दशमलव ३ को बिन्दुमा बन्द भएको छ।
बिहीबार ३४२ कम्पनीको २ करोड ७४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ र सो कम्पनीको ६१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावरको ५५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी आज सबैभन्दा बढी रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकका लगानीकर्ता कमाएका छन्। यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिज शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले गुमाएका हुन्।






प्रतिक्रिया