काठमाडौं – मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तारा मानन्धर नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समितिको बैशाख ३ गतेको बैठकले चार वर्षका लागि सिइओमा नियुक्ति गरेको हो । ।
प्रभु बैंकको डेपुटी सिइओ त्यसपछि साबिक कैलाश विकास बैंकको डेपुटी सिइओ हुँदै कैलाश बैंक प्राइममा मर्ज भएपछि मानन्धरले भन्दै राजीनामा गरेका थिए । उनी दुई वर्ष अघि डिसहोमको सिइओ बनेका थिए । फेरी उनी अब बैंकमा फर्किएका छन् । मुक्तिनाथ विकास बैंककै डेपुटी सीइओमा समेत उनले काम गरिसकेका छन् । साबिकको नेपाल बंगलादेश बैंकबाट बैंकिंग करियर सुरु गरेका मानन्धरसँग साबिकको एनसीसी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, साबिकको बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंकमा समेत काम गरेको अनुभव छ ।
मानन्धर हालका सिइओ प्रद्युम्न पोखरेलको कार्यकाल सकिएपछि जेठ १ गतेबाट सिइओको रूपमा काम गर्ने छन् । बैंकिङ क्षेत्रको २५ वर्षको अनुभव रहेको मानन्धरको स्थायी घर स्याङ्जा हो भने हाल उनी काठमाडौँ टोखाका बासिन्दा हुन् ।






प्रतिक्रिया