काठमाडौं – आज साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.१७ अंकले घटेर बजार २८ सय २५ दशमलव २३ को बिन्दुमा बन्द भएको छ। यससँगै कारोबार रकम समेत घटेर जम्मा ५ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ।
आज ३३९ कम्पनीको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी होटेल फरेष्ट इनको शेयर कारोबार भएको छ। यस कम्पनीको ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, सोलु हाइड्रोपावरको २९ करोड ८१ लाख, नेशनल हाइड्रोपावरको २८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
आज सबैभन्दा बढी आज सबैभन्दा बढी सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक, होटेल फरेष्ट इनका लगानीकर्ताले कमाएका छन्। यी दुई कम्पनीका लगानीकर्ताले आज १५ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा बढी दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ५.३५ प्रतिशतका दरले गुमाएका हुन्।






प्रतिक्रिया