अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने घट्यो

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने घट्यो


काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन बुधबार समेत शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.९५ अंकले घटेर बजार २८ सय ४ दशमलव १७ को बिन्दुमा बन्द भएको छ। यससँगै ७ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको छ।

आज ३४२ कम्पनीको १ करोड ७५ लाख कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज सो कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, आज सबैभन्दा होटल फरेष्ट इनका लगानीकर्ता गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.७५ प्रतिशतका दरले गुमाएका हुन्।