अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कक्षा १२ को परीक्षा आज देखि : गतवर्ष भन्दा करिब १ लाख विद्यार्थी घटे

कक्षा १२ को परीक्षा आज देखि : गतवर्ष भन्दा करिब १ लाख विद्यार्थी घटे


काठमाडौं- माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु हुँदै छ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।

यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ। यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन्।

परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको छ। यही वैशाख २७ गते परीक्षा सकिने समय तालिका छ।
यस वर्ष गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ जना विद्यार्थीले परीक्षा दिएका थिए।

यस वर्ष गतको तुलनामा ९२ हजार ७२५ जना कम विद्यार्थी छन्।

बोर्डले यस गत वर्ष नियममित र ग्रेडवृद्धि परीक्षाको नतिजामा पनि अघिल्ला वर्षहरूभन्दा सुधार देखिएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेकाले यस वर्ष विद्यार्थी संख्या घटेको देखिएको जनाएको छ।

गत वर्ष कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।