अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमालय माविका प्रअ र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै १ करोड बिगो

हिमालय माविका प्रअ र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै १ करोड बिगो


काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विद्यालयको भवन निर्माणलगायतमा भ्रष्टाचार अभियोगमा प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८३ हजार ३०९ रूपैयाँ बिगो दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो।

दमक नगरपालिकामार्फत् आर्थिक वर्ष २०७७/७८ देखि भएको भवन निर्माणमा पहिलो तलाको वास्तविक मूल्यांकन १ करोड ४८ लाख ५३ हजार २३५ रूपैयाँ रहेकोमा नक्कली बिल, बिजक र भरपाइ बनाएर २ करोड ७ लाख ७९ हजार ९२२ रूपैयाँ भुक्तानी गरेको अख्तियारले जनाएको छ ।

भवन निर्माणमा ५९ लाख २६ हजार ६८६ रूपैयाँ बढी भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको दाबी छ । त्यस्तै दुईजनाको मिलेमतोमा २०७७/०७८ देखिकै बेरुजु रकम १६ लाख ६० हजार १०१ रूपैयाँ व्यक्तिगत प्रयोग गरेको १७ लाख ९६ हजार ५२१ रूपैयाँ पनि थप हिनामिना गरेको अख्तियारले जनाएको छ।