काठमाडौं-आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.१६ अंकले घटेर बजार २७ सय ७० दशमलव २६ को बिन्दुमा बन्द भएको छ। यससँगै आज कारोबार आएको ३४९ कम्पनीमा ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेसँगै १४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज दिनभरिमा १ करोड ४० लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट इन्डष्ट्रिजको शेयर कारोबार भएको छ। आज सो कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड ६८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी हिमालयन बैंक डिबेन्चर बण्ड २०८६ का लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानिकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् । यससँगै आज कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानिकर्ताले सर्वाधिक गुमाएका छन्। आज सो कम्पनीका लगानिकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, रिज लाइन इनर्जीका लगानिकर्ताले १०.२७ प्रतिशतका दरले गुमाएका हुन् ।







प्रतिक्रिया