दमक-राष्ट्रिय आर्थिक गणना अभियान झापालगायत मुलुकभर सञ्चालनमा रहेको छ। यो कार्य राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा देशमा ७८ जिल्लामा सञ्चालनमा छन्।
गत वैशाख २ गतेबाट शुरु भएको स्थलगत तथ्याङ्क संकलन आर्थिक गणना आगामी असार ७ गते सकिने जिल्ला आर्थिक गणना कार्यालय झापा (ख) दमकको आर्थिक गणना अधिकारी सुस्मिता बरालले बताए। यो देशब्यापी अभियान हो। यस अभियान अन्तर्गत हाम्रा गणकहरु पसल-पसल साथै ब्यावसायिक प्रतिष्ठान लगायतमा पुगेर विवरण संकलन गरिरहेको उनले जानकरी दिए।
औपचारिक वा अनौचारिक सबै प्रकारका ब्यवसाय उधोग, ब्यापार,सेवा होटल, यातायात, बैंक तथा वित्तीय संस्था शैक्षिक प्रतिष्ठान, अस्पताल कृषि फार्म आदि सबैको गणनामा समेटिने जिल्ला आर्थिक गणना कार्यालय झापा (ख) दमकले जनाएको छ। अन्य विभिन्न प्रकारका संघ-संस्था तथा कार्यालय प्रतिष्ठानहरुको संख्या, प्रकार लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाह सम्वन्धि सम्पूर्ण विवरण संकलन,प्रशोधन ,विश्लेषण र प्रकाशन गरिन्छ।
देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालयहरु स्थापना भएका छन्। गणनाको मुख्य काम भनेको स्थलगत तथ्याङ्क संकलन कार्य हो। त्यसैले झापा जिल्लामा दुई वटा कार्यालयहरु रहेका छन्। एउटा दमकमा र अर्को चन्द्रगढीमा रहेको छ। झापाका १५ वटा स्थानीय तहहरुमध्ये दमक कार्यालयले ९ वटा र अरु ६ पालिकाको चन्द्रगढी कार्यालयबाट खटिएका गणकहरुले स्थगलत तथ्याङ्क संकलन गर्ने आर्थिक गणना कार्यालय झापा (ख) दमकका जिल्ला आर्थिक गणना सहायक अधिकारी युवराज महतले बताए। जसका लागि यो कार्यालय अन्तर्गत ८९ जना गणक तथा ११ जना सुपेरिवेक्षकहरु खटिएका छन्। अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने नारासहित यो दोस्रो आर्थिक गणना संचालन भइरहेको छ। पहिलो आर्थिक गणना वि.स. २०७५ सालमा सम्पन्न भएको बताइएको छ।
सबै ब्यवसाय तथा प्रतिष्ठानको आधारभूत विवरण संकलन गर्न, कुल गार्हस्थ्य उत्पादन (जीडीबी) र अन्य आर्थिक सूचकहरुलाई विश्वासनीय बनाउने तथ्याङ्क उपलब्ध गराउन, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्न आवश्यक तथ्याङ्क तयार गर्न लगायतका उदेश्यले आर्थिक गणना २०८२ सञ्चालन गरिएको जिल्ला आर्थिक गणना कार्यालय झापा ख दमकको आर्थिक गणना अधिकारी सुस्मिता बरालले बताए।







प्रतिक्रिया