अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इनम सापकोटा प्रकरण: कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

इनम सापकोटा प्रकरण: कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ


काठमाडौं-नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंको कीर्तिपुरस्थित पाँगाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका महेशलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ।

प्रहरी स्रोतका अनुसार विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क तथा बैंकिङ कारोबार देखिएपछि महेशलाई पक्राउ गरिएको हो। सापकोटा प्रकरणमा उनको संलग्नता वा सम्बन्धबारे अनुसन्धान भइरहेको बताइएको छ।

यसअघि सार्वजनिक भएको एक अपुष्ट अडियोमा पनि कांग्रेस नेता उमेश श्रेष्ठको नाम उल्लेख भएको बताइएको थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका सापकोटाले उक्त अडियोमा उमेश श्रेष्ठको नाम लिएको चर्चा सार्वजनिक भएको थियो।

यद्यपि, महेश श्रेष्ठको पक्राउ र उनीमाथि लगाइएको आशंकाबारे थप अनुसन्धानबाट मात्रै वास्तविकता स्पष्ट हुने छ।