काठमाडौं – आज शेयर बजार समान्य अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६४ अंकले घटेर बजार बन्द भएको हो। यससँगै बजार २७ सय ११ दशमलव २२ को बिन्दुमा बन्द भएको छ। त्यस्तै आज कारोबार रकम घटेर ३ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
कारोबारमा आएका ३३६ कम्पनीमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेसँगै १५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ। त्यस्तै, सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज सो कम्पनीको २२ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा फरवार्ड माइक्रो फाइनान्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.७४ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, अप्पर लोहोरे खोला हाइड्रोपारका लगानीकर्ताले ५.९५ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी भगवति हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.९० प्रतिशतका दरले गुमाएका छन्।







प्रतिक्रिया