काठमाडौं-नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु. १ हजार ८ सय र र चाँदी १०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार वैशाख २४ गते बिहीवार छापावाल सुनको मूल्य प्रतितोला रु.२ लाख ९८ हजार ६०० र चाँदी रु.५ हजार १५५ कायम भएको छ ।
वैशाख २३ गते मंगलवार अर्थात् हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु.२ लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो । वैशाख २२ गते मङ्गलवार एक तोला छापावाल सुन रु. दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु.चार हजार ८८० मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







प्रतिक्रिया