काठमाडौं-आज शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.९४ अंकले बढेर बन्द भएको हो। यससँगै बजार २७ सय १८ दशमलव १६ को बिन्दुमा बन्द भएको छ। त्यस्तै आज कारोबार रकम घटेर २ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
कारोबारमा आएका ३३४ कम्पनीमा १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेसँगै १२ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा २ अर्ब ९३ करोड १९ लाख कित्ता शेयर किनबेच भएको छ। त्यस्तै, सबैभन्दा धेरै एनआएनबको शेयर कारोबार भएको छ । आज सो कम्पनीको १७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा बढी स्वलम्बन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२.१९ प्रतिशतका दरले कमाएका छन्। यससँगै आज सबैभन्दा बढी फरवार्ड माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.२४ प्रतिशतका दरले गुमाएका हुन्।







प्रतिक्रिया