काठमाडौं-नेपाली बजारमा २०८३ वैशाख २५ गते शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु.१ हजार ३०० र चाँदी १२० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु.२ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि २०८३ वैशाख २४ गते बिहीबार सुन तोलाको रु.२ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, महासंघका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदी तोलाको ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु.२ लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मुल्य पाँच हजार ५० मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







प्रतिक्रिया