काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.४९ अंकले बढेर बन्द भएको हो। यससँगै बजार २७ सय ४५ दशमलव ६५ को बिन्दुमा बन्द भएको छ। त्यस्तै आज कारोबार रकम घटेर ३ अर्ब २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
कारोबारमा आएका ३३५ कम्पनीमा २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेसँगै ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज दिनभरिमा ७४ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ। त्यस्तै, सबैभन्दा धेरै एनआएनबको शेयर कारोबार भएको छ। आज सो कम्पनीको १७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, आज सबैभन्दा बढी होटल फरेष्ट इनको शेयर कारोबार भएको। आज सो कम्पनीको १३ करोड ८६ लाख कित्ता शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्सको १३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी त्रिशूली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, होटल फरेष्ट इनका लगानीकर्ताले ७.९० प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी, आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। आज सो कम्पनीका लगानीकर्ताले ६.५४ प्रतिशतका दरले गुमाएका हुन्।







प्रतिक्रिया