अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईई २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

एसईई २०८२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ।

नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको हो।

बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न वेबसाइटहरू मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ। प्रविधिको प्रयोग गर्दै परीक्षार्थीहरूले घरमै बसेर आफ्नो नतिजा र मार्कसिट प्राप्त गर्न सक्नेछन्।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

एसएमएस र फोन कलमार्फत नतिजा थाहा पाउन चाहनेहरूका लागि विभिन्न सेवा प्रदायकहरू तोकिएका छन्। परीक्षार्थीले नेपाल टेलिकमको १६००मा डायल गरेर वा एसएमएस पठाएर नतिजा बुझ्न सक्नेछन्। त्यसैगरी, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने जानकारी कार्यालयले दिएको छ।

  • नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
  • जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
  • एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू:

विस्तृत विवरण र मार्कसिट डाउनलोड गर्नका लागि सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिइएको छ। परीक्षार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटहरू www.see.gov.np र www.neb.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

प्रमुख वेबसाइटहरू यस प्रकार छन्:
आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी, र इन्द्रेणी टाइम्सका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिनेछ।