अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नीति तथा कार्यक्रम

१० हजार सामुदायिक विद्यालयमा इन्टरनेट जोडिने

१० हजार सामुदायिक विद्यालयमा इन्टरनेट जोडिने


काठमाडौं-सरकारले १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट जोड्ने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले  १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इनटरनेट सेवासहित डिजिटल सामग्री र एआईमा आधारित सिकाइ प्रणालीको सिकाइलाई विस्तार गरिने बताएका हुन्।

यसका साथै  पुस्तक, दिवा खाजा र पोशाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनराअवलोकन गर्ने पनि सरकारको नीति रहेको छ।​​​​​​