काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार राति सार्वजनिक गरेको छ। यस वर्ष एसईईको परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यो विगतको भन्दा नतिजामा सुधार भएको हो।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् । उनका अनुसार यस वर्ष देशभरबाट ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जनाले विभिन्न ग्रेड प्राप्त गरेका हुन् भने १ लाख ४६ हजार ५०७ जना ‘नन–ग्रेडेड’ (एनजी) मा परेका छन् ।
यसअघि २०८१ सालको एसईई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस वर्ष उक्त प्रतिशत बढेर ६५.९८ पुगेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ४.१७ प्रतिशत बिन्दुले नतिजामा सुधार आएको देखिएको छ।
त्यसअघि २०८० सालको एसईईमा भने ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए भने ५२.१४ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए ।

सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ र २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन्।
सार्वजनिक नतिजाअनुसार ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ र २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।







प्रतिक्रिया