काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष एसईईको परीक्षामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यो विगतको भन्दा नतिजामा सुधार भएको हो।
सार्वजनिक नतिजा अनुसार यो वर्ष बागमती प्रदेशमा सबैभन्दा धेरै विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन्। बागमतीमा २० हजार ४२९ जनाले यो जीपीए ल्याएका हुन्।
यस्तै कोशीमा ८ हजार ६७४ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन् । यसैगरी मधेशमा ६ हजार १७२, गण्डकीमा ३ हजार ९९९, लुम्बिनीमा ६ हजार ४३६, कर्णालीमा १ हजार २६८ र सुदूरपश्चिममा १ हजार ४१४ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन्।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् । उनका अनुसार यस वर्ष देशभरबाट ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जनाले विभिन्न ग्रेड प्राप्त गरेका हुन् भने १ लाख ४६ हजार ५०७ जना ‘नन–ग्रेडेड’ (एनजी) मा परेका छन् ।
यसअघि २०८१ सालको एसईई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस वर्ष उक्त प्रतिशत बढेर ६५.९८ पुगेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ४.१७ प्रतिशत बिन्दुले नतिजामा सुधार आएको देखिएको छ।
त्यसअघि २०८० सालको एसईईमा भने ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए भने ५२.१४ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए ।
सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ र २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन्।
सार्वजनिक नतिजाअनुसार ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८० हजार ३७२, २.८ देखि ३.२ जीपीए ल्याउने ९४ हजार २२२ र २.४ देखि २.८ जीपीए ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।
यसरी हेर्न सकिन्छ नतिजा
नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू: इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम : www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स : www.ekantipur.com
इडियु सञ्जाल : www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
कलेज इन्फो नेपाल प्रालि : see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रालि : https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
निमा एजुकेशन फाउन्डेसन : result.neemaacademy.com
फोनिक्स एजुकेशन फाउन्डेसन : resultayo.com
एम्बिसन गुरु प्रालि : see.ambition.guru
एनईबी रिजल्टस एन्ड न्युज प्रालि : https://see.merostudy.net
इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see







प्रतिक्रिया