काठमाडौं-त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ।
अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह (बालेन)ले इन्जिनियरिङ अध्ययन संस्थानका डीन बज्राचार्यलाई दिएका हुन्।
सरकारले अध्यादेश जारी गर्ने तयारी लगत्तै त्रिविको उपकुलपतिबाट प्रा.डा. दीपक अर्यालले राजीनामा दिएका थिए। उनीसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए। विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो।




प्रतिक्रिया