अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करिब साढे १२ अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो 

करिब साढे १२ अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो 


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.३६ अंकले घटेर २७ सय ४२ दशमलव ११ को विन्दुमा कायम भएको छ। आज कारोबारमा आएका ३४८ कम्पनीहरू मध्ये ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ, भने ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज ३ अर्ब ८९ करोड रुपैयाँको शेयर कारोबार हुँदा ८९ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज सो कम्पनीको १७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिदि पावर कम्पनीको १५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आज सबैभन्दा बढी भूगोल हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.२६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७ का लगानीकर्ताले ६.६२ प्रतिशतका दरले कमाएका हुन् ।

यससँगै आज सबैभन्दा बढी अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, झापा इनर्जीका लगानीकर्ताले ८.१२ प्रतिशतका दरले गुमाएका छन्। 

आज म्युचुअल फण्ड बाहेकका सबै सूचकहरू राताम्मै देखिएको छ। आज सबैभन्दा बढी होटल एण्ड टुरिजम सेक्टर घटेको छ। आज यो सेक्टर ०.८६ प्रतिशतले घटेको छ। त्यस्तै, बैकिङ्ग सेक्टर ०.५७ प्रतिशतले घटेको छ।