अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.३८ अंकले बढेर २७ सय ५८ दशमलव ४९ को विन्दुमा कायम भएको छ। आज कारोबारमा आएका ३३६ कम्पनीहरू मध्ये २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ, भने ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज ४ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार हुँदा १ करोड ८ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज सो कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिदि पावर कम्पनीको २४ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आज सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.८१ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, माबिलुङ इनर्जीका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन्।

यससँगै, आज नेप्सेमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुमा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड फण्डका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले २.५९ प्रतिशतका दरले गुमाएका हुन्।

आज ट्रेडिङ्ग इन्डेक्स बाहेकका सबै सूचकहरू हरियाली देखिएको छ। आज सबैभन्दा बढी हाइड्रोपावर सेक्टर बढेको छ। आज यो सेक्टर १.२९ प्रतिशतले बढेको हो । त्यस्तै, बैकिङ्ग सेक्टर ०.६१ प्रतिशत, डेभलपमेन्ट बैंकका सेक्टर ०.३९ प्रतिशतले बढेको छ ।