अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१९ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?

१९ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौँ-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु.दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९२ हजार ८०० तय भएको छ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु १४० ले बढेको छ। आइतबार प्रतितोला रु पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ।