काठमाडौं-आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.८५ अंकले बढेर २७ सय ८६ दशमलव ३५ को विन्दुमा कायम भएको छ। आज कारोबारमा आएका ३४२ कम्पनीहरू मध्ये २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ कम्पनीको शेयर मूल्य घटेको छ, त्यस्तै ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज ५ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार हुँदा १ करोड ४५ लाख ४० हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज सो कम्पनीको ६० करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिदि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, आज सबैभन्दा बढी थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.०१ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले ८.३२ प्रतिशतका दरले कमाएका छन्।
यससँगै, आज सबैभन्दा बढी भूगोल हाइड्रोका लगानीकर्ताहरुले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.३२ प्रतिशतका दरले गुमाएका हुन् । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले गुमाएका छन्।




प्रतिक्रिया