अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकैदिन तोलामा साढे ५ हजार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन तोलामा साढे ५ हजार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ। पछिल्ला दिनमा सुनको भाउ लगातार ओरालो लागिरहेको छ। गत बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको थियो भने गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला २ सय १५ रुपैयाँले घटेर ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

गत साताको तुलनामा पनि चाँदीको मूल्य घट्दो क्रममा रहेको देखिएको छ । गत बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।