अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी पुषभित्र सम्पती व्यवस्थपन कम्पनी बनाइने

आगामी पुषभित्र सम्पती व्यवस्थपन कम्पनी बनाइने


काठमाडौं-सरकारले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ।

संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र खडा गरिने बताएका हुन्।

बैंक तथा वित्तीय संस्थामा देखिएको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि यो कम्पनी स्थापना गर्न लागिएको हो।

हाल केही वाणिज्य बैंकहरूमा खराब कर्जा ६ प्रतिशतभन्दा माथि पुगेको छ।